इलामको फिक्कलका अग्रवाल भारु ११ लाख सहित पक्राउ



फिक्कल: इलामको फिक्कलका अनुप अग्रवाल ११ लाख भारतीय रुपैया सहित पक्राउ परेका छन् । पक्राउ परेका अग्रवालललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अन्ुसन्धान कार्यालय इटहरी लगेको छ ।

आइतबार साझ हर्कटे प्रहरीले बिशेष सूचनाका आधारमा अग्रवालालई ब्यागमा बोकेको २ हजार, ५ सय, २ सय र १ सयका नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाख सहित पक्राउ गरेर इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेको थियो । भारतीय रकमको स्रोत नखुले पछि अग्रवाललाई पक्राउ गरेको बुझएको छ । उनलाई सोमबार प्रहरी टोलीले राजस्व कार्यालय इटहरी लगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मे १ च ६४२४ कारमा झापा जादै गर्दा अग्रवाल चालक पूर्ण बहादुर कठेत सहित पक्राउ परेका थिए ।

अग्रवालले बिगत देखि नै फिक्कलमा बसी भारतीय नोटको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।सटही काउन्टर समेत संचालन नगरी अग्रवालले भारतीय नोट सटहीको काम गर्दै आएको बुझिएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment