त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लियो

 

काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको हो ।

जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन ।

फ्लाईट नम्बर ४२१ विमानमा ७६ जना यात्रु नेपालगञ्ज जान लागेका थिए । उनिहरुलाई विमानबाट ओरालिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment