ठुलो टुँडिखेल मर्मत भएमा माईभ्याली गोल्डकप हुने


इलाम, १९ असोजः इलाम जिल्लाकै प्रतिष्ठित माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सातौं संस्करण हुन सक्ने संकेत माईभ्याली फूटबल क्लबले दिएको छ । इलाम सदरमुकाममा रहेको एकमात्र खेल मैदान ठुलो टुँडिखेलको मर्मत र स्तरोन्नति गर्न सके आगामी फागुनमा सातौ संस्करणको प्रतियोगिता संचालन गर्न सकिने गत शनिबार बसेको क्लबको पुर्ण बैठकले जनाएको छ । वि।सं। २०७६ फागुन १५ गतेदेखि २४ गते सम्म संचालन भएको छैटौ संस्करणको प्रतियोगिता सम्पन्न हुना साथ विश्वभर कोभिड १९को महामारी फैलिएकोले वि।सं।२०७७ सालको संस्करण गर्न नसकिएको हुँदा यस पटक कोभिड १९ को महामारी कमि आएमा सातौ संस्करण गर्ने सोच रहेको क्लबका महासचिव विनोद श्रेष्ठले जनाएका छन् । 

तर यस अवधिमा टुँडिखेलको अवस्था अत्यन्तै नाजुक भएकोले मर्मत नगरी प्रतियोगिता संचालन गर्न सकिने अवस्था नरहेको श्रेष्ठ बताउँछन् । वर्षायाममा टुँडिखेलको दक्षिणी भागमा गएको पहिरोको कारण दुवै साईड तर्फ ुकर्नर किकु हान्ने स्थान समेत नभएकोले सो भागमा पर्खाल लगाउनुका साथै मैदान भित्रका खाल्डाखुल्डी पुर्न सके मात्रै मैदानको स्वरुप आउने भएकोले सो कार्य गर्न माईभ्याली फुटबल क्लब असमर्थ रहेको हुँदा सम्बन्धित निकाय नेपाली सेना, इलाम नगरपालिकाको कार्यालय, इलाम नगर खेलकुद विकास समिति, जिल्ला फुटबल संघ इलामलाई अनुरोध गर्ने निणर्य गरिएको क्लबका कोषाध्यक्ष कमल सुवेदीले जनाएका छन् ।

यस्तै क्लबले आफ्नो गतिबिधिलाई निरन्तरता दिनको लागि आगामी दिनहरुमा कोच तथा रेफ्री तालिम संचालन गर्ने, अन्य स्थानहरुमा हुने प्रतियोगिताहरुमा क्लबलाई सहभागी गराउने, विभिन्न अन्य निकायहरुसँगको समन्वयमा जिल्ला भित्र स्वास्थ्य शिविर संचालन गर्ने, क्लबको दिगो आर्थिक स्रोत व्यवस्थापन गर्नको लागि एक सहकारी संस्था स्थापना गर्ने, क्लबबाट संचालित शव वहान सेवालाई निरन्तरता प्रदान गर्ने जस्ता निणर्य गरिएको कोषाध्यक्ष सुवेदीले बताएका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment