चितवनमा बाघले आक्रमण गरेर एक युवकलाई बेपत्ता बनायो

 

चितवन । चितवनमा बाघले आक्रमण गरेर एक युवकलाई वेपत्ता बनाएको छ । कुमरोज सामुदायिक वनमा बाघले आक्रमण गर्दा खैरहनी नगरपालिका वडा नम्बर १३ निवासी अन्दाजी बर्ष २५ को दिनेश बोटे वेपत्ता भएका छन् ।

५–६ जनाको समूहमा रहेका बोटेलाई बाघले आक्रमण गरेर जंगलभित्र लगेको स्थानीयले बताए । उनीसँगै गएका अरु भागेर बच्न सफल भएका छन् ।

बाघले एकजनालाई आक्रमण गरेको खबर आएको र उनको खोजीको लागि हात्ती सहित निकुञ्जको टोली परिचालन भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment