करोडौं ठगी गर्ने इच्छाराजको एमाले ‘कनेक्सन’, पक्राउ पर्न ओली सरकारनै ढल्नु पर्‍यो!

 

काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका इच्छाराज तामाङले सत्ताको आडमा करोडौं ठगी गरेको खुलेको छ । सिभिल सहकारीका तत्कालीन अध्यक्ष रहेका तामाङले सुरुमा अधिक व्याज दिने भनेर बचतकर्ताहरुलाई प्रलोभन देखाएर पछि ठगी गरे।

उनले बचतकर्ताहरुलाई रकम निकाल्ने समय पुग्दा पनि विभिन्न बहाना बनाएर रकम दिएनन् । त्यसपछि उनीबिरुद्ध बचतकर्ताहरुले सहकारी विभाग र प्रहरीमा उजुरी दिए । तर उजुरी नै अघि बढेन । सहकारी ऐनका कारण प्रहरीलाई इच्छाराज पक्राउ गर्न मिल्दैन थियो ।

त्यसमा मात्रै होइन इच्छाराज तत्कालीन (नेकपा)बाट संरक्षित रहेकाले प्रहरीलाई पक्राउ गर्न असहज थियो । उनी नेकपा एमालेका पूर्वसांसद समेत रहेका छन् ।

उनीबिरुद्ध दर्जनौं उजुरी पर्दापनि अनुसन्धान अगाडि बढ्न सकेको थिएन । अनुसन्धान अघि बढ्न नसक्नु तत्कालीन नेकपा सरकारसँग उनको सिधा सम्बन्ध हुनु नै भएको सहकारीका एक पूर्वकर्मचारी स्वीकार गर्छन् ।

अर्का सहकारी सदस्य पनि सहकारीबाट ठगीएको उजुरीमाथि कतैबाट अनुसन्धान नहुँदा रकम फिर्ता आउने आशा नै मरिसकेको बताउँछन् ।

सरकार परिवर्तनसँग इच्छाराज पक्राउ परेसँग रकम फिर्ता आउँछकी भन्ने उनमा आशा पलाएको छ ।

इच्छाराजबिरुद्ध ७० भन्दा बढी ठगीको उजुरी परेपछि उनलाई प्रहरीले सोमबार सिभिल मलबाटै पक्राउ गरेको छ । सरकार परिवर्तनसँगै उनलाई पक्राउ गर्न प्रहरीमा अनुमति आएको बताइदै आएको छ ।

उनीसहित सिभिल सोमबार पक्राउ पर्नेहरुमा सहकारीका हालका अध्यक्षका साथै ११ जना रहेका छन् । इच्छाराजले सहकारीको सल्लाहकार समिति प्रमुखको हैसियतमा उक्त संस्था संचालन गरेका थिए । तर उनले संकलित पुँजीको लगभग ८४ प्रतिशत रकम आँफै रिण लिएका थिए । र, अन्य बचतकर्ताहरुलाई रकम निकाल्ने बेलामा दिएका थिएनन् । उनले विभिन्न बहान बनाएर नवीकरण गर्न लगाउने गरेको शेयर सदस्यहरुको भनाइ छ ।

सहकारीको पुँजी ३१ करोड २४ लाख पुगेको बताइएको छ । ६९४ बचतकर्ताबाट ७ अर्ब ५१ करोड रुपैयाँ जम्मा भएकोमा ऋण लगानी भने ८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । विभिन्न कम्पनीमा इच्छाराज स्वयम् अबद्ध भइ उनले सहकारीबाट आँफै पुँजीको ८४ प्रतिशत ऋण लगेको अनुशन्धानबाट खुलेको छ ।

उनले उक्त सहकारीबाट होम्स प्रालिका नाममा ७ अर्ब १४ करोड, सिभिल अपार्टमेन्ट प्रालिका नाममा ३५ करोड र सिभिल इस्टेट प्रालिका नाममा ६७ लाख गरेरजम्मा ७ अर्ब ४३ करोड रुपैयाँ आफैंले ऋण लगेका छन् ।

यो गैरकानूनी पनि हो । सहकारी ऐनमा कुल पुँजीको १० प्रतिशतभन्दा बढी ऋणन एकै व्यक्तिले लान पाइने छैन । पक्राउ परेका इच्छाराजसहित ११ जनामाथि नै अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment