६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयको विभिद कार्यक्रम


इलाम, २० असोजः जिल्ला प्रहरी कार्यालय इलामले ‘६६ औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्याक्रम सम्पन्न गरेको छ ।  प्रमुख जिल्ला अधिकारी धुर्ब बहादुर खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

कार्याक्रममा जिल्ला सरकारी वकिल कार्यालय इलामका जिल्ला न्यायधिवक्ता, नेपाली सेना पशुपति प्रसाद गण इलामका प्रमुख सेनानी, सशस्त्र प्रहरी बल नेपाल १ नं. गण इलामका गणपति, राष्ट्रिय अनुसन्धान विभाग इलामका प्रमुख अनुसन्धान अधिकृत, पुर्व प्रहरी संगठन इलामका अध्यक्ष, बिभिन्न सरकारी कार्यालयहरुको प्रमुखहरु, संघ सस्थाका प्रतिनिधिहरु, उद्योग बाणिज्य संघ इलामका अध्यक्ष, जिल्लामा कार्यरत संचारकर्मीहरु, नागरीक समाजका अगुवा, अमर प्रहरीका परिवार, जग्गादाताहरु समेतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख अतिथी एवं अन्य अतिथीहरुबाट अमर प्रहरीको स्मारिकामा माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरीको बिशेष टुकडीद्धारा  अमर प्रहरी स्मारिकामा कर्तब्य पालनाको सिलसिलामा सहादत प्राप्त अमर प्रहरीहरुलाई सलामी समेत दिईयो । 

सो अबसरमा  ६ जना अमर प्रहरी परिवारहरुलाई दोसल्ला ओढाई सम्मान गरियो भने जिल्ला स्थित बिभिन्न प्रहरी कार्यालयहरुलाई निःशुल्क जग्गा प्रदान गर्ने ४ जना जग्गादाताहरुलाई कदर पत्र प्रदान गर्नुका साथै आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने ११ जना प्रहरी कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख र प्रमुख अतिथीबाट नगद पुरस्कारद्वारा पुरस्कृत गरीएको थियो  । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment