मुलुकभर थप ४०८ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८९९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ७३१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ७६ जना र २ हजार १६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०७ हजार १०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१८ जना कोरोनामुक्त भए, ८ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय १८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९१ हजार ७८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८९९ जनाको परीक्षण हुँदा हालसम्म कुल ५० लाख ८१ हजार ८९४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४०७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment