ढाका टोपी लगाएपछि अल्मुताइरीले भने-‘तीन वर्ष होइन पाँच वर्ष नेपालमा बस्छु’

काठमाडौं । आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज र भर्खरै नयाँ नियुक्तीपत्र लिएर नेपाल फर्किएका नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच छलफल भएको छ ।

खेलकुद मन्त्रालयमा भएको छलफलमा मन्त्री गहतराजले नेपाली टिमलाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएकोमा धन्यवाद दिए । अल्मुताइरीलाई मन्त्री गहतराजले ढाका टोपी लगाइदिएर स्वागत गरे ।

मन्त्री गहतराजले नेपाली खेलकुदको विकासका लागि प्रशिक्षकसँग मिलेर ‘गोर्खाली स्टाइलमा’ काम गर्न तयार रहेको पनि बताए ।

मन्त्री गहतराजको कुरा ध्यानपूर्वक सुनेका अल्मुताइरीले नेपाली टिमको प्रदर्शन सुधार हुनेमा पूर्ण विश्वस्त दिलाए । यसका लागि सबै मिलेर काम गर्न जरुरी रहेको पनि उनले बताए ।

साफ च्याम्पियनसिपका दौरानमा आफूले मन्त्रीबाट थुप्रै साथ र सहयोगमा पाएकोमा मन्त्री गहतराजलाई धन्यवाद प्रकट गरे । अल्मुताइरीले नेपाली फुटबलको विकाशमा सरकारको उचित साथ सहयोग मिल्छ भन्नेमा विश्वस्त भए ।

साथै, अल्मुताइरीले विगतलाई बिर्सेर वर्तमानमा नयाँ ढंगका साथ अघि बढ्नुपर्ने पनि भने । ढाका टोली लगाएका उनले सबै राम्रो भए तीन वर्ष होइन पाँच वर्ष नेपालमा बसेर फुटबललाई अघि बढाउन तयार रहेको पनि सुनाए ।

अल्मुताइरीले सबैले राम्रो गरे २०२७ सम्म हुने एसियन कपमा नेपाल सजिलै छनोट हुनसक्ने पनि बताए । तर त्यसका लागि सबै एक हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment