आज नेप्से परिसूचक दोहोरो अंकले उकालो लाग्यो

 

काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।

आज नेप्से ५५.५० अंकले वृद्धि भएर २८ सय ३७.६१ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको सेयर कारोबार मापन इण्डेक्स ९.४६ अंकले बढेर ५३०.४६ बिन्दुमा पुगेको हो।

आज कारोबार रकम पनि बढेको छ । आज कारोबार रकम ८ अर्ब नजिक पुगेको छ। २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। कारोबारमा आएका १३ वटा समूहमध्ये १२ समूहको सेयर परिसूचक वृद्धि भएको छ। तर बैंकिङ समूहको मूल्य भने ओरोलो लागेको छ।

आज विकास बैंको परिसूचक सर्वाधिक ६.५४ प्रतिशतले वृद्धि भएको छ। यस्तै व्यापारको ५.९६, होटल तथा पर्यटनको ५.४४, जलविद्युतको ५.५ प्रतिशतले बढ्दा निर्जीव विमा र लगानी समूहको ४ प्रतिशत बढीले वृद्धि भएको छ।

यस्तै अन्य बाँकी समूहको परिसूचक पनि वृद्धि भएको छ। पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै ६ कम्पनीको ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

आँखुखोला हाइड्रोपावरको सबैभन्दा बढी सेयर कारोबार भएको छ । यसको कारोबार३१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment