इलाम कांगेसमा भेषराज र डम्बरको उदय , केशव र हिमालको राजनीति धरापमा


इलाम, १० अन्तिम समयमा आएर नेपाली कांगेस इलामको राजनीतिमा नयाँ ट्विस्ट भएको छ । कांग्रेसका ४ जना नेता बिगत लामो समय देखि तामाझामका साथ आ आफनो प्यानल बनाएर अधिवेसनको तयारीमा लागे पनि उम्मेद्धारी मनोनयनको अन्तिम समयमा आएर नयाँ ट्विस्ट भएको हो ।

बर्तमान पार्टी सभापति हिमालय कर्मचार्य र पूर्व सभापति केशव थापा दुबैले वडा अधिवेसन देखि आफनो प्यानल बनाएर तल्लो तहमा राजनीति गर्ने आफना नेता कार्यकर्ता हराएका थिए । उनीहरुले आफु कमजोर भएको थाहा पाउदा पाउदै पनि जबरजस्ती संभावना बोकेका नेता कार्यकर्तालाइृ बिभिन्न पदमा उठाएर उनीहरुलाई तल्लो तहमै राजनीतिक सहिद बनाएका थिए ।

जिल्लामा समाज सेवाले नाम कमाएका युवा नेता डम्बर खड्का र अर्का बौदिक मानिएका नेता भेषराज संग अताल्लिएका कर्मचार्य र थापाले निर्वाचन परिणाम आफनो पक्षमा नआउने बुभेपछि पछिल्लो समय कार्यकर्ता र आफना सहयोगीको भावना बिपरित जिल्ला तहमा नयाँ खाल्को गठबन्धन गरेका छन । सक्दा र हुँदा आफु नेतृत्व हत्याउने नसक्दा आफ अनुकुल अरुलाई सुम्पने उनीहरुको कार्य शैलीले तल्लो तहमा काम गर्ने नेता कार्यकर्तालाई निरास बनाएको छ । केही उनीहरुका सहयोगी र शुभेच्छुकले जिल्लाका नेताले मुख जोडाउदैमा सहमती हुँने र उनीहरुको मुख बांगीदैमा असहमती नहुँने प्रतिक्रिया दिएका छन ।

वडा , पालिका , प्रदेश र क्षेत्रको निर्वाचनमा नराम्रो परिणाम भोगेका कर्मचाय र थापाले स्थानीय स्तरमा राजनीति गर्ने नेता कार्यकर्तालाई डम्बर खड्का र भेषराज आचार्य संग भिडाएर नराम्रो मात्र बनाएका थिए ।

डम्बर खड्का समाज सेवा र राजनीति गतिविधिका कारण युवा माझ लोक प्रिय बनि सकेका छन । उनलाई छेक्न पहिलो चरणमा लागेका थापा र कर्मचार्य पछिल्लो समय निष्ठाको राजनीति गर्ने सालिन नेता आचार्यलाई छेक्न लागि परेका छन । कसैको अस्थित्व स्वीकार गर्न नरुचाउने थापा र कर्मचाय निर्वाचनमा कमजोर देखिए पछि मिलेमतोको खेलमा लागेका छन । उनीहरु जसरी पनि डम्बर र भेषराजबाट नेतृत्व हत्याएर आफु पक्षमा ल्याउन लागि पेरको उनीहरु निकटले नै बताउदै आएका छन् ।

डम्बर खड्का प्रदेश सभा निर्वाचनमा समेत सबै भन्दा चर्चा कमाएका नेता हुन । उनले प्रदेश १ मै सबै भन्दा कम मत अन्तरले पराजय भोगनु परेको थियो । भेषराज आचार्य आफैमा बलिया नेताका रुपमा स्थापित भैसकेका छन ।

प्रदेश क्षेत्र निर्वाचनमा भेषराजका चारमा तीन र डम्बर पक्षका एक जना सभापतिमा निर्वाति भएका थिए । दुइृ क्षेत्र रहेको इलाममा २ वटै क्षेत्रमा भेषराज निकट उम्मेद्धार सभापतिमा निर्वाति भएका थिए । क्षेत्र नम्बर १ मा डम्बर र २ मा भेषराज बलीयो देखे पछि दुबै नेता अतालिएका थिए । यी दुई नेताले आफुहरु महाधिवेसन प्रतिनिधिमा समेत नआउने संभावना बुझि क्षेत्र नम्बर २ मा गठबन्धन गरेका थिए । गठबन्धनबाट मात्रै पार्टी सभापति हिमालय कर्मचार्य १० औ नम्बरमा आएका थिए ।

केशव र हिमालको राजनीति कमजोर अवस्थामा

जिल्ला सभापति हिमालय कर्मचार्य खरो स्वभावका नेता मानिन्छन जिल्लामा । उनी क्षेत्र नम्बर १ मा तत्कालिन प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । पराजित भएपछि गाउँ नछिरेका कर्मचार्य पार्टी सभापति हुँदा हुँदै इलाम नगरपालिकाको मेयरमा उठेर पराजित भए पछि उनको राजनीतिक बृतमा तिब्र्र आलोचना हुँदै आएको छ । कसैको कुरा नसुन्ने कर्मचार्य पार्टी सभापति लड्ने भन्दै वडा , पालिका , प्रदेश र क्षेत्रमा आफु निकटका भविश्य बोकेका युवालाई हराउन सफल भएका छन । क्षेत्र नम्बर १ मा दुर्गा बराल र २ मा नुतन दुलाल उनको कमजोर राजनीतिक संगठनका कारण पलायन भएका छन । प्रतिनिधि सभा हुँदै नगरमा चुनाव लडेका कर्मचार्यलाई कार्यकर्ताले वडा अध्यक्षमा चुनाव लडन भन्दै घोचपेच गर्दे आएका छन ् । जहिल्यै जिल्लाको नेतृत्व लिन जोज्ने अनि आफनो उत्तराधिकारी तयार नगरी आफु पनि माथिल्लोतहमा जान नखोज्ने परीपाटीका कारण उनको राजनीति अव भने धरापमा पर्दै गएको छ ।

यता पूर्व पार्टी सभापति तथा पूर्व राज्य मन्त्री केशव थापाको पनि राजनीतक अवस्था कमजोर बन्दै गएको छ । केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवाको छत्रछायामा रहे पनि देउवाका बिश्वाशिला पात्र डम्बर खड्काको अस्थित्व स्वीकार गर्न नसक्दा केशवको राजनीति जिल्लामा धरासयी बनेको हो ।

जिल्लामा बिकास प्रेम ीभनेर चिनीएका नेता थापा अन्य समय काठ्माण्डौ बस्ने जिल्लामा आफना कुनै राजनीतिक गतिविधि नगर्ने र चुनाव आए पछि गाउँ आउने परम्पराका कारण कमजोर बन्दै गएका हुँन । उनी आफनै प्यानलका युवा माझ लोकप्रिय बनेका नेता डम्बरको अस्थित्व स्वीकार गर्न नसक्दा आज सयौ कार्यकर्ताको भविश्य अन्योलमा परेको छ । उनले डम्बरको बिरुद्धमा उम्मेद्धार भिडाएर आफनै केन्द्रको गुठ जिल्लामा कमजोर बनाएका छन । कर्मचाय नगरमा उठेर नराम्रो पराजय भोग्नु र थापाले डम्बरको बिरुद्ध गतिविधि गर्नुले दुवै नेताको केन्द्रमा भने छवी बिग्रीएको छ ।यस पटकको निर्वाचनमा केशव र हिमालले भनेको ठाउमा मत हाल्ने पक्षमा मतदाता९क्षेत्रीय प्रतिनिधिी छैनन् । राजनीतिक स्वाथ पुरा गरेर दुबै नेता दुई क्षेत्रबाट संघीय निर्वाचनमा टिकट हत्याउने दाउमा मात्र लागि परेका छन् ।

अंक गणितीय हिसावमा भेषराजको पल्ला भारी

४ प्रदेश सभा निर्वाचन क्षेत्र र २ संघीय निर्वाचन क्षेत्र रहेको इलाम जिल्लामा भेषराज आचार्यको पल्लाभारी देखिएको छ । ३ वटा प्रदेश सभा सभापति र २ वटा क्षेत्रीय सभापति भेषराज पक्षका उम्मेद्धार बिजयी भएका छन । उक्त मत आकंलन गर्दा पनि अंकगणितिय हिसावले भेषराजको पल्ला भारी देखिएको छ । क्षेत्र नम्बर २ बाट महाधिवेसव प्रतिनिधि लडेका सभापतिका उम्मेद्धार भेषराजले सबै भन्द बढी ६६५ मत ल्याए बिजयी भएका थिए । उनको प्यानका उप सभापति पदका उम्मेद्धार खगेन्द्र देवानले जिल्ला भरकै पपुलर ८०८ मत ल्याएर आदिवासी जनजाति कोटाबाट महाधिवेसन प्रतिनिधिमा बिजयी भएका थिए । यो अंक गणितले भेषराज बलियो अवस्थामा देखिएका छन् । भेषराज प्यानल र हिमाल प्यानल एक हुँदा ९५७ मत आफनो पक्षमा रहेको दावी गरेको छ । जिल्लामा १८०० बढी मतदाता रहेका छन । भेषराज आचार्यलाई बौद्धिक नेताको रुपमा जिल्लामा चिनीदै आएको छ । आचार्य र कर्मचार्य नेता रामचन्द्र निकट हुन । केन्द्रको दवावका कारण कर्मचाय र आचार्य टिमको गठबन्धन भएको बुझिएको छ ।


डम्बरलाई रुचाउने बढी


समाज सेवाका कारण स्थानीय स्तर र युवा माझ लोकप्रिय डम्बर खड्का इलाम राजनीतिको केन्द्र बिन्दु बनेका छन । प्रदेश र क्षेत्रमा अन्य पक्षलाइृ मत दिएकाहरु प्नि ज्लिलामा एक भोट सभापति पदमा डम्बरलाई मत दिने पक्षमा छन । परेको बेला कांगेस कार्यकताको पक्षमा उभीने डम्बर सभापतिका बलिया उम्मेद्धार हुन । उनलाई सबैले रुचाएका छन । तर, केशब थापाको यस अघिको गतिविधिका कारण थापा पक्षको भोट उनको पक्षमा जाने अवस्था नरहेको थापा पक्षकै नेता कार्यकर्ता बताउछन । वडा, पालिका , प्रदेश र क्षेत्रको निर्वाचनमा खड्काको बिरुद्ध ढाल बनाएर उभ्याएका पराजित उम्मेद्धार थापाले खड्का संग गरेको भनीएको सहमति मान्ने पक्षमा छैनन् । उनीहरु थापा प्यानल छोडेर खड्कालाई सहयोग गर्ने पक्षमा रहेका छन् । प्रदेश सभा निर्वाचनमा आफनो पक्षमा १ सभापति बिजय गराउन सफल खड्काले क्षेत्र नम्बर १ बाट सबै भन्दा बढी मत ४४९ ल्याएर महाधिवेसन प्रतिनिधिमा बिजयी बन्नु भएको थियो । खड्का र थापा पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । केन्द्रको दवावका कारण खड्का र थापा टिमको गठबन्धन भएको बुझिएको छ 

एवीसी नेपालीबाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment