प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने



विराटनगर । प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी मंगलबार विश्वासको मत लिने भएका छन्। मंगलबार विश्वासको मत लिनका लागि आइतबार मुख्यमन्त्री राईले प्रदेश सभाको सचिवालयमा प्रस्ताव गराएका छन्।

गत कात्तिक १६ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालको राई नेकपा एकीकृत समाजवादीका सचिवसमेत हुन् । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था रहे पनि त्यसअघि नै राईले विश्वासको मत लिन लागेका छन् ।

पाँच दलीय गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च) को समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment