देउवाको साथ छाडेर महामन्त्री बन्न प्रकाशमानको प्यानलमा पुगे विश्वप्रकाश शर्मा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ छाडेर प्रवक्ता विश्वप्रकाश शर्मा अन्ततः प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।

संस्थापन पक्षबाट सहमहामन्त्री बन्न भनि सभापति देउवाले राखेको प्रस्तावलाई नकार्दै अन्ततः शर्मा सिंह प्यानलमा पुगेका छन् । यसअघि शर्मा सभापतिका उम्मेदवार शेखर कोइरालाको टिममा जाने भनिएको थियो तर, कोइरालाको टिममा गगन थापा र मिनेन्द्र रिजालले ठाउँ ओगटेपछि उनी सिंहकाे प्यानलमा मिसिन पुगेका छन्।

शर्माले प्रकाशमान सिहंले आफूलाई कुरिरहेकाले गएर उम्मेदवारी दर्ता गर्ने बताएका छन् । अहिले सिंहको प्यानलल गाँजाबाजासहित उम्मेदवारी दर्ता गर्न गएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment