शेखर कोइराला प्यानलको उम्मेदवारी दर्ता


काठमाडौं । शेखर कोइरालाको प्यानलले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिसहितका पदाधिकारीहरुको उम्मेदवारी दर्ता गराएको छ ।

शनिबार दिउँसो बसेको बैठकको छलफलसँगै कोइरालाको प्यानलले राष्ट्रिय सभा गृहमा सभापतिसहितका पदाधिकारीहरुको उम्मेदवारी दर्ता गराएको छ  ।

कोइरालाको प्यानलमा उप–सभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेवारी दिएका छन् भने महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दिएका छन्।

यस्तै, सह–महामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, मधेसीबाट रामकृष्ण यादव,आदिवासी जनजातिबाट विकास लामा र थारुबाट तेजुलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment