कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका हुन् ।

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका गगन थापाले सबैभन्दा बढी मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार अहिलेसम्म ४३९० मत गनिसिकएको छ ।

जहाँ गगन थापाले अहिलेसम्म सबैभन्दा बढी २८२३ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित हुने पक्का भइसकेको छ । हालसम्मको प्राप्त परिणामअनुसार उनले १८२४ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । सभापति शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशशरण महत, प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट डा. राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment