इन्जिन फेल भएपछि बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण


काठमाडौं । इन्जिन फेल भएपछि चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९एन एईई वीचक्राफ्ट जहाजले आकस्मिक अवतरण गरेको छ । दुई वटा इन्जिनमध्ये बायाँ इन्जिन फेल भएपछि भरतपुरबाट काठमाडौंका लागि उडेको वीचक्राफ्ट जहाज भरतरपुर नै फर्किएको हो ।

विमानस्थल श्रोतका अनुसार उडेको २ मिनटमै पाइलटले कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेका थिए । यात्रु र चालक दलका सबै सदस्यहरु सुरक्षित रहेका विमानस्थल श्रोतले जनाएको छ ।

उक्त जहाजमा १८ जना यात्रु चढेको थिए । अहिले यात्रुहरुलाई सुरक्षित साथ निकालेर जहाजलाई धावनमार्गबाट खाली गराउन लागिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment