मंगलबारेको भानुभक्त माविमा तीन भवन तथा स्कुल बस उद्घाटन : नगर प्रमुख छात्रबृत्ति वितरण


इलाम, १ पुषः  पश्चिमि इलामको मंगलबारेस्थित भानुभक्त माध्यमिक विद्यालयमा बिहीबार तीन वटा नवनिर्मित भवन उद्घाटन गरिएको छ । देउमाई नगर पालिकाका नगर प्रमुख सूर्य पोख्रेलले नव निर्मित भवन र विद्यार्थीहरुलाई आवत जावतमा सघाउ पु¥याउन वस उद्घाटन गनुभयो ।

नगरको १४ लाख ९१ हजार सहयोग गरी जम्मा १५ लाखमा एक भवन , राष्ट्रपति शैक्षिक सुधार अनुदानबाट १८ लाख र आन्तरिक श्रोत गरी जम्मा  ५१ लाख ९९ हजारमा दोस्रो भवन  र ७२ लाख जिल्ला शिक्षा कार्यालय र देउमाई नगरको अनुदान समेत जम्मा एक करोड ३० लाखमा तेस्रो भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक बासुदेव कट्टेलले जानकारी दिनुभयो । 


यस्तै विद्यार्थीहरुको आवत जावतका लागि विद्यालयले बसको सुधिधा शुरु गरेको छ । नगर प्रमुख पोख्रेलले बसको समेत साँचो हस्तान्तरण गर्नुभएको थियो । देउमाई नगरपालिकाको २० लाख समेत २७ लाखमा बस खरिद गरी संचालनमा ल्याइएको छ । 

विद्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाद्वारा स्थापित नगरप्रमुख छात्रबृत्ति वितरण गरियो । जम्मा चार लाख ५० हजारको छात्रबृत्ति नगरपालिकाले उपलव्ध गराएको थियो । १८ जना विद्यार्थीलाई २५ हजारका दरले वितरण गरिएको थियो । यस्तै बाँकी १३ जना विद्यार्थीहरुलाई विभिन्न व्यक्तित्वको स्मृतिमा  छात्रबृत्ति वितरण गरिएको थियो ।  


कार्यक्रममा नगर प्रमुख पोख्रेल , प्रधानाध्यापक बासूदेव कट्टेल समेतका वक्ताले नगर क्षेत्रभीत्र रहेका विद्यालयलाई समय सापेक्ष सूचना प्रविधि मैत्री बनाउन प्रयास गरिने बताउनुभयो । कार्यक्रममा नाटक साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । यस्तै नयाँ शिक्षक विद्यार्थीको स्वागत र पुराना शिक्षक विद्यार्थीको विदाइ र सम्मान कार्यक्रम समेत रहेको थियो ।  कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । 

जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पुरस्कृत भइसकेको भानुभक्त माध्यमिक विद्यालयमा हाल प्राविधिक धार सिभिल इञ्जिनियरडि कक्षा नौ देखि १२ सम्म अध्यापन भइरहेको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment