माइजोगमाईको सोयाङ गाउँमा गाउँकै युवाहरुले खोले पुस्तकालय


इलाम, १ पुसः ‘ज्ञान र विज्ञानको खोज अनुशन्धान, मानविय विकास र समृध्दिको पहिचान’ भन्ने मुल नाराका साथ निर्वाण बहुआयामिक पुस्तकालय माईजोगमाइ गाउँपालिका ५ सोयाङ्गमा खुलेको छ । 

आफ्नै ठाउँमा सहज तरिकाले आफुलाइ मन परेको छेत्रको पुस्तक पढ्न पाइयोस् भन्ने  उद्देश्यका सा गाउँकै युवाहरुले पुस्तकालय खोलेका हुन  हुन त यो एक्काइसौं शताब्दीमा मान्छेहरु संचारको सुविधा भन्दा त्यति टाडा छैनन् । तर यसले मात्र चेतना स्तरको गहिराइ सम्म लिएर जान पर्याप्त छैन ।किनकि जति विस्तृृत  ज्ञान र तथ्य किताबले दिन्छ त्यति सामाजिक सञ्जालले दिन सक्दैन ।

भर्रखरै शुरु गरेको पुस्ताकालयमा केही पुस्तकहरु रहेका छन र केही पुस्तकहरु किन्न बाँकीनै रहेको छ । तपाईहरु पनि उक्त पुस्तकालयलाई सहयोग गर्न चहानु हुन्छ भने सहयोग गर्न सक्ने पनि युवाहरु वताउँछन् । 

यस कार्यलाइ गाउँकै केहि चिन्तनशिल युवा र वैदेशिक रोजगारमा विभिन्न मुलकमा बसोबास गर्ने युवाहरुद्वारा  लक्ष्मि प्रसाद देवकोटाको जन्मजयन्ती अवसर पारेर पुस्तकालय शुरुगरेको  कार्यसमितिका सचिव सन्देश भण्डारीले वताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment