भक्तपुरमा घरबाट खसेर एक किशोरीको मृत्यु


भक्तपुर । आज (शुक्रवार) बिहान भक्तपुरमा आफ्नै घरबाट खसेर एक किशोरीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायकमा बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेना सितिखुको मृत्यु भएको हो ।

प्रहरी परिसर भक्तपुरको अनुसार उनी आफ्नै घरको चार तलाबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको महानगरिय प्रहरी भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रजु पाण्डेले जानकारी दिए । घट्ना स्थलको प्रहरीले अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment