विरोधका बावजुद पनि एमालेको केन्द्रीय सदस्यमा ४३ जना मनोनित (नामसहित)


काठमाडौं । विरोधका बावदुदपनि नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा १० प्रतिशत (४३ जना) सदस्य मनोनित गरेको छ । आइतबार भक्तपुरको गठ्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले झापाको विर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दूर्गा प्रसाईं, विद्यार्थी नेता ऐन महरसहितको नाम प्रस्ताव गर्ने क्रममा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायत नेताहरूले प्रस्तावित केही नामलाई लिएर आपत्ति जनाएका थिए ।

जहाँ अष्टलक्ष्मी शाक्यले अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको बताएकी थिइन् । यसरी विरोधका बावजुदपनि बैठकमा अध्यक्ष ओलीले मनोनित हुनेहरूको नामावली पढेर सुनाएका हुन् ।

एमाले केन्द्रीय कमिटी सदस्यमा लालबाबु पण्डित, विशाल भट्टराई, दुर्गा प्रसाईदेखि अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरसमेत समेटिएका छन् । महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपनि पण्डितले पदमा बस्न अस्वीकार गरेका थिए ।

बैठकले केन्द्रीय सदस्यमा चन्द्रमोहन गौचन, कृष्ण केसी, रमेश पौडेल, सूर्य पाठक, हरि घिमिरे, पदम गिरी, युवराज बाँस्कोटा, यज्ञबहादुर बोगटी, दल फडेरा, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, उद्धव रेग्मी, प्रेम दंगला, भीम केसी, सुवास देवकोटा, हरिकृष्ण, जनकार, इन्दिरा गौतम, सरस्वती चौधरी, मानवीर राई, यमुना रोका, कल्पना चापागाईं, आशा विक, उमा कोइराला, नैनकला ओझा र मञ्जु गुरुङ मनोनित भएका छन् ।

त्यस्तै, बाँकी मनोनित सदस्यहरुमा इन्दिरा सञ्जेल, विमला अर्याल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राना, तारादेवी गुरुङ, सविता यादव, विषमलाल अधिकारी, रेशम लामा, गोविन्द दुवाल, रतननाथ योगी, चन्द्रबहादुर विश्वकर्मा, सहदेव बोटी र बालसिंह काउछा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment