माघ २० गतेभित्र प्रदेश १ को नाम र राजधानी टुंगो लगाइन्छ : मुख्यमन्त्री राई


विराटनगर ४ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने बताएका छन् ।

मंगलबार सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले आगामी माघ २० गते बस्ने प्रदेशको नवौँ हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगोमा पुर्याउने बताए ।
उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ । त्यही अधिवेशनबाट नामको टुंगो लगाउने तयारी छ ।’
सोमबार प्रदेश २ को नाम र राजधानी टुंगोमा पुगेसँगै ७ प्रदेशमध्ये प्रदेश १ को नाम र राजधानी तोकिन बाँकी रहेको छ । सोमबार प्रदेश २ ले मधेश प्रदेशसहित राजधानी जनकपुरधाम टुंगो लगाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता