भन्सार छलेको १० लाखको मोटर पार्ट्स र कारसहित इलामका मनोज पक्राउ


झापा , माघ ४ । भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको करीब १० लाख मूल्य बराबरको मोटर पार्टस् र कारसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




सोमबार दिउँसो २ः२० बजे मेचीनगर नगरपालिका वडा नं. १२ स्थित सहरेडाँगी चोकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा ईलाम सूर्योदय नगरपालिका वडा नं २ बस्ने मनोज खड्काले चलाई ल्याएको बा ४ च ३०९ नं. को वेगनर कारलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको मोटर पार्ट्सका सामानहरु बरामद भएको थियो ।
आवश्यक कार्वाहीको लागि सामानसहित खड्का र कारलाई काँकरभिट्टा भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए । उनले दाखिला गरिएको सामानको ९ लाख ९२ हजार ,८७० रुपैयाँ भन्सार मूल्यांकन कायम भएको जानकारी दिए । याे समाचार झापाबाट प्रकाशन हुने प्रतिदिन दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment