इलाम रोङका किसानको राम्रो आम्दामीको स्रोत बन्दै सुपारी

  •   गोबिन्द पौडेल

 


रोङ, ४ माघः इलामको रोङ गाउँपालिकाका किसानहरुको गतिलो आम्दाकीको श्रोत सुपारी खेती रहेको छ ।  तराइमा मात्रै हुन्छ भनने बुझाइ रहेकोमा तातो हावापानी भएको इलामे भूमिमा अलैची अदुवा अम्लिसो , चिया , कफी सुन्तला र तरकारीको उत्पादनमा अब्बल रहेको  रोङमा सुपारी उत्पादनको हिस्सा समेत धेरै रहेको छ ।  

रोङको सबै वडाहरुमा सुपारी खेती  गरिदै आएकोमा सबैभन्दा बढी वडा नं २ मा हुने गरेको छ भने तुलनात्मक रुपमा वडा नं ३ मा कम रहेको छ । वडानं २,४,५र ६ को अधिकासं स्थानमा सुपारीको खेती गरिदै आएकोमा एक बर्षमा एक किसानले दुइलाख पचारहजार सम्म भित्राउने गरेका छन ।

 सुपारी बहुबर्षे बिरुवा हो एकपटक रोपेपछि करिव २५ देखी ३० बर्षसम्म निरन्तर आम्दामी हुने सुपारी सगै कफि, कागती अलैची अदुवा कोशेबाली मरिच र तरकारीको खेती गर्न सकिने रोङ ५ का सुपारी किसान लीलाराज राइको अनुभव रहेको छ भने सुपारीको पातबाट आर्कर्षक सजावटका सामाग्रीहरुीहरु र टपरी पनि बनाउन सकिने हुदा रोङ गाउपालिका वडा नं २ मा टपरी उत्पादनको तैयारीको कार्ययोजना पनि शुरुआत गरिएको गाउँपालिकाको उपाध्यक्ष चन्द्रकला राइले बताइन।

सुपारीको अत्याधिक खेतीहुने रोङ २ को महिला संजालको मागअनुसार टपरी बनाउने कार्यएको लागि महिला बालबालिका शाखाबाट भवन निमार्ण र मेसिन खरिद सम्मकोकाम सकिएको र थोरै प्राबिधिक समस्गा रहेको कारण तालिम र उत्पादनको कार्य   बाकी रहेको भएपनि चालु बर्ष धित्रनै रोङमा निमित वातावरण मैत्री टपरी बजारमा आउने भएको छ ।

यता रोङ गाउपालिका कृषि शाखादे पनि संभावनाको आधारमा सुपारी किसानहरुलाइ पचतर प्रतिसत खनुदानमा सुपारीको बिरव ाबितरण गर्दै आएको भएपनि सुपारी प्रवर्धनको अन्य कसनै कामहरु नगरेको कृषि शाखा प्रमुख सन्तोष लाप्चाले बताए । यता सुपारी उत्पादक किसानहरु पनि रोङमा संगठित भएर लागेका छैनन । बेर्ना गरेर तिनपटक थली सारीएको करिव एक मिटर अग्लो सुपारीको बिरुवा रोपे रोपेको ४ देखी ५ बर्षमानै उत्पादन शरुहुने शाखा प्रमुख लाप्चाको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment