पूरा गर्न नसक्ने सपना बाँढ्नु भन्दा जनताका आधारभूत अवश्यकता पूरा गरौँ : महामन्त्री शर्मा


इलाम २२ पुष। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूरा नहुने सपना बाँढेर जनतामा निराशा ल्याउनु भन्दा जनताको आधारभूत आवश्यकता पूरा गर्दै समृद्धिको बाटोमा लाग्नु आजको अवश्यकता भएको बताएका छन् ।
विहीबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उनले केपी ओलीले जनतालाई हिमाल पहाड तराईमा चुच्चे रेलको सपना बाँढेर जनता झुक्याएको र अहिले आफू पतनको बाटोमा लगेको बताएका हुन् ।
शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताएका छन् । यो आन्तरिक लडाई भएकाले हार र जित नभएको बताए ।
यस्तै शर्माले अब कांग्रेस रुपान्तरित भएर जाने र आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुन समेत कार्यकर्तालाई बताएका छन् । उनले एक प्रसंगमा नेपालमा अब एक, दुई, तीन, चारको व्यवस्था लागू गर्नुपर्ने पनि बताएका छन् ।
उनले भने, ‘अब नेपालमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक संसद् भन्दा बढी सपथ लिने व्यवस्था नै नराखौँ ।’ महामन्त्री शर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बाउन सक्ने तागतको रुपमा बदल्ने बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment