इलाम जिल्ला ए डिभिजन लिग : आज तीन खेल सम्पन्न


इलाम, २२ पुषः फुटबलको विकास र खेलाडी उत्पादनको लागि जारी इलाममा एन्फा इलाम  जिल्ला ए डिसभजन लिगमा आज तीन खेल सम्पन्न भएका छन् । 


आज इलामको ठूलो टुडिखेलमा भएका वी पोलकका तीन खेलहरु भएका हुन ।  पहिलो खेलमा ओएशिस फुटबल क्लवले हेलो जस्वीरेलाई  २–१ ले पराजित गरेको छ ।

दोस्रो खेलमा देउराली फुटबल कल्व र रेडहर्स इलामले बराबरी खेलेका खेलेका छन् ।  तेस्रो खेलमा त्रिवेणी युवा क्लबलाई माइभ्याली फुटबल क्लवले १ शुन्यले पराजित गरेको छ । 

इलाममा पुस २१ गते बुधबारबाट शुरुभएको लिग २९ गते  विहिबार सम्म चल्ने छ । जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको लिगमा ए पोलमा ६ वटा टीम र वी पोलमा ७ वटा टीम सहभागी रहेका छन् । 

दुवै खेल जितेको ओएशिस ६ अंकका साथ पोल वीको शिर्ष स्थानमा रहेको छ । 

लिगको विजेताले प्रदेश लिग खेलने छ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर बी डिभिजनमा झर्नेछन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment