झापाको मेचीनगरमा सिलिण्डर विष्फोठ हुँदा १ जनाको मृत्यु, १२ जना घाइते


इलाम, २२ पुषः झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर ७ मा सिलिण्डर ग्यास विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य १२ जना घाइते भएका छन् । 
मेचीनगर ७  इन्द्रेणी टोलका केशव पाठकको घरमा गएराति करिब ९ः ३० बजे आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि स्थानीय नागरिकहरु घट्नास्थल पुग्दा सिलिण्डर पड्कीएर उनिहरू घाइते भएका हुन् ।  
सोही क्रममा ग्यास सिलिण्डर विष्फोठमा परि मेचीनगर ८ बस्ते ४५ बर्षिय सारद राजवंशीको मृत्यु भएको हो । घाइते उनलाई उपचारका लागी एन्जल मेडिकल धुलाबारी पु¥याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तै आगलागीमा घाइते हुनेमा मेचीनगर ८ का लेखनाथ तिमल्सिना, बिर्तामोड ९ का गोविन्द प्रसाद राजवंशी, मेचिनगर ७ का दिपेन्द्र कार्की, मेचिनगर ७ कै चन्दन गौतम, मेचीनगर ७ कै सुबलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानी शंकर न्यौपाने, मेचीनगर ८ का हरि विक, निर्मल शर्मा पनि घाइते भएका छन् । उनिहरु सबैको बि। एण्ड सि। अस्पताल विर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।
आगलागीमा घाइते भएकी मेचीनगर ८ का अर्जुन अधिकारीकी छोरी शुसिला अधीकारीको भने स्थानिय साइ सुमिरन मेडिकल ईटाभट्टामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको समयमा आगलागी र सिलिण्डर विष्फोठ हुँदा घर जलेर नस्ट हुनका साथै लाखौं मुल्यको सामाग्री ध्वस्त भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment