पाँचथरमा आगलागीबाट ३ घर जले


पाँचथर । फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् ।
बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् ।
आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिनुभयो । आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो ।
बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रुपमा रहेको बजार हो । विद्युत् सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment