मुलुकभर एकैदिन ५०८७ जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु


काठमाडौं ३० पुष। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १३ हजार ४७४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार २०४ जना र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ४५ हजार ६०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३०६ जना कोरोनामुक्त भए, ३ संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १५ हजार ६५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर २० हजार ५६० जनाको परीक्षण हुँदा हालसम्म कुल ५८ लाख ६२ हजार १४२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment