इलाम जिल्ला ए डिभिजन लिगको उपाधि रेड हर्सलाई


इलाम, ३० पुसः इलाममा जारी जिल्ला ए डिभिजन लिगको उपाधी  रेड हर्स फुटबल क्लब इलामले चुमेको छ । आज भएको फाइनल खेलमा रेड हर्स फुटबल क्लबले फिक्कल पान्दामको मिलियन फ्रेन्स क्लब (एम एफ सी) ४–० ले हराउँदै उपाधि चुमेको हो ।

खेलमा एमएफसी निकै आक्रमक देखिएको भए पनि गोल निकाल्न  सकेन । रेडहर्सले खेलको चौथो मिनेटमा डिवक्स नजिकै पाएको फ्रिकिकको सदुपयोग गर्दै गोल गरेको थियो । खेलको ३८ औँ मिनेटमा एमएफसीका गोल रक्षकले डिवम्स वाहिर वन भर्सेज वनामा हेन्डबल गरेपछि रोतो कार्ड खार्दै वाहिरे सँगै पेनल्टी मार्फत गोल गर्दै रेडहर्सले अग्रता देब्बर  बनाएको थियो ।

१० जना खेलाडीमा सिमित भएको एमएफसीलाई रेडहसले दोस्रो हाफमा थप दुई गोल गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो । 

लिगमा  इलाम जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको थियो ।  लिगमा ए पोलमा ६ टीम र वी पोलमा ७  टीमको सहभागीता रहेको थियो । 

लिगको विजेताले प्रदेश लिग खेलने छ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर बी डिभिजनमा झर्नेछन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment