मुख्यमन्त्री राईको सम्पति विवरण : ऋण छैन, बैंकमा ८७ लाखभन्दा बढी पैसा छ


काठमाडौं ३० पुष। प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्पति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री राईले सार्वजनिक गरेको सम्पति विवरणमा बैंकमा मात्रै ८७ लाख ६४ हजार ९८२ रुपैयाँ रकम रहेको उल्लेख गरेका छन् । उनीसँग ऋण भने छैन ।
विवरण अनुसार उनको कृषि विकास बैँकमा १७ लाख २० हजार र राष्ट्रिय बाणिज्य बैँकमा २ लाख ६५ हजार ३ सय रहेको छ ।
त्यस्तैगरी मुख्यमन्त्री राईकी श्रीमती शोभा पाठकको नाममा सानिमा बैँकमा ६७ लाख ७० हजार ६ सय ४२ रुपैयाँ रहेको बताइएको छ ।
साथै उनीसँग १० तोला सुन रहेको छ । जुन विभिन्न समयमा उनले खरिद गरेका थिए । त्यस्तै एक थान मोटरसाईकल र भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११ मा बुवाबाट प्राप्त ५ आना जग्गा रहेको विवरणमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment