इलाम जिल्ला ए डिभिजन लिगः उपाधिका लागि एम एफ सी र रेड हर्स भिड्दै


इलाम, ३० पुसः इलाममा जारी जिल्ला ए डिभिजन लिगमा आज फाइनल खेल हुँदै छ । उपाधिका लागि इलामको रेड हर्स फुटबल क्लब र फिक्कल पान्दामको मिलेनियम फुटबल क्लव (एम एफ सी विच आज खेल हुँदै छ । 


पहिलो सेमिफाइनलमा रेड हर्सले हर्कटेको दिपेन्द्र्र शिखर फुटबल क्लवलाई ७–२ को फराकिलो गोल अन्तरले हराएको यियो सो खेलमा सन्तोष तामाङले ह्यट्रिक गर्दै ५ गोल गरेका थिए । 

दोस्रो सेमिफाइनलमा मिलेनियमले देउरालीलाई ३–०ले हराउँदै फाइनमा आफ्नो स्थान वलियो बनाएको थियो । 

आज हुने रेड हर्स र मिलेनियमको खेल रोमाञ्चक हुने दर्शकहरुले आश गरेका छन् । 

लिगमा  इलाम जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको थियो ।  लिगमा ए पोलमा ६ टीम र वी पोलमा ७  टीमको सहभागीता रहेको थियो । 

लिगको विजेताले प्रदेश लिग खेलने छ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर बी डिभिजनमा झर्नेछन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment