पाँचथर हिलिहाङका सन्देश रानाको उपचारमा आर्थिक अभाव, परिवारद्वारा सायोगको याचना


काठमााडौं ८ माघ। पाँचथर हिलिहाङ गाउँपालिका – ४ का २८ वर्षीय सन्देश रानाको उपचारमा आर्थिक समस्या भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।
सन्देशको दुर्वै मृगौलाले काम गर्न छाडेपछि हाल उनको काठमाडौंस्थित बल्खुको वयोधा अस्पतालमा उपचार भइरहेको छ । हाल दैनिक मृर्गौला डाइलोसीस गर्नुपर्ने भएकाले आर्थिक अभाव भएको सन्देशका बुबा हर्क राना मगरले बताए ।


‘हप्तामा दुई पटक छोरोको डाइलोसीस गर्नुपर्छ । यो क्रम करिब ८ महिनादेखि जारी छ । डाइलोसीस गर्दा हप्तामै १० हजारसम्म खर्च हुने गरेको छ,’ हर्कबहादुरले भने ।
हालसम्म करिब १० लाख खर्च भइसकेकोले अब छोराको उपचारका लागि सहयोग माग्नुको विकल्प नभएको उनले बताए । घरको आर्थिक स्थिती नाजुक रहँदा रहँदै पनि अहिलेसम्म उपचार गराइरहेको उनले बताए । सन्देशको मृर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ ।
छोराको मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिन भन्दै हर्कबहादुर रानाले सम्पूर्ण सहयोगी संस्था, देश बिदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनी र सहयोगी हातहरु प्रति सहयोगको आग्रह गरेका छन् ।
हालसम्म आर्थिक सहयोग गर्ने सम्पूर्णमा सहयोगी मनहरुलाई धन्यवाद समेत दिएका छन् ।
सन्देशलाई सहयोग गर्नका लागि उनका दाई सुमन रानाको सिभिल बैंक गोपेटार शाखाको खाता नम्बर ०६४१०४०९२८००१९, एनएमबी बैंक फिदिम शाखा ०७०२०६००३५२१०७०००००१ खाता नम्बरम रमक जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment