सङ्खुवासभाको भोटखोलामा आगलागी हुँदा एकको मृत्यु


सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका-५ लुङसुङमा कटेरोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोटखोला-५ का स्थानीयवासी २३ वर्षीय पङ्खामान राई रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
प्रनाउ सुवेदीका अनुसार पङ्खामानसहित पाँच जनाको टोली काठ काट्न जङ्गल गएका थिए । उनका साथीहरु खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएर राईको शनिबार राति घटनास्थलमै मृत्यु भएको सुवेदीले बताए ।
उनका साथी धीरजमान राई, कमल राई, सूर्य राई र सञ्जीव राई पङ्खामानलाई छोडेर चार जना खाद्यान्न लिनका लागि गाउँतर्फ गएका थिए । उनका साथी फर्किदा पङ्खामानको जलेर मृत्यु भएको अवस्थामा भेटिएको प्रनाउ सुवेदीले बताए ।
आगलागी भएर मृत्यु भएको जानकारी पाउने वित्तिकै प्रहरी टोली घटनास्थल पुगेर छानबिन सुरु गरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment