झापाकाे बुट्टाबारीकाे दुर्घटना १ जनाको मृत्यु १ जना घाईते


झापाः झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व पश्चिम लोकमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १ जना घाईते भएका छन ।

बुधबार दिउँसो १ बजे पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ज १९१८ नम्बरको म्याजिक भेनले बिपरीत दिशा बाट जादै गरेको प्र १-०१-०१३ प ७३२६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलका चालक अर्जुनधारा नगरपालिका ११ का ५४ बर्षीय दिलिप राजवंशी र पछाडि सवार बिर्तामोड ४ का कृष्ण राजवंशी घाईते भएका थिए ।
दुवै घाईतेलाई उपचारको लागी बिएण्डसि अस्पताल बिर्तामोड लगिएकोमा मोटरसाईकल चालक दिलिपको उपचारको क्रममा मृत्यु भएको थियो । पछाडि सवार कृष्णको सोही अस्पतालमा उपचार भईरहेको छ । म्याजिक भेन र चालक ईलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसमन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment