इलाम फाकफोकथुमकी ८२ वर्षिय महिलाको मिलको रिङले हात चुडायो


इलाम ।
 फाकफोकथुम गाउँपालिका १ नम्बर वडाकी अन्दाजी ८२ वर्षिय एक महिलाको मिलको रिङमा परि विहिबार देब्रे हात चुडिएको छ । ठिंगेपुर निवासी गुमान सिंह निरौलाको श्रीमती बसुन्धरा निरौला घर नजिकै रहेको कुटानी पिसानी मिलमा आफ्नी कान्छी बुहारी मनमायाको साथमा धान लिएर गएकी थिइन् ।

दिउँसो १ बजे मिलमा धान कुटाउँदै गरेको बेला भुस उठाउने क्रममा विद्युतबाट संचालित मिलको रिङमा हात बेरिन गइ अचानक मेसिनले देब्रे हात पाखुरादेखि मुनि पुरै चुडाएको वडाध्यक्ष टेक वीर लिम्बुले जानकारी दिए । दुर्घटना परेकी महिलालाई मिल चालक राज नेम्बाङ,बुहारी मनमाया र उनका छोरा होम बहादुरले उद्धार गरेको र तत्काल प्राथमिक उपचार गरिएको अध्यक्ष लिम्बूले बताए ।

थप उपचारको लागि सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरि २ बजे एम्बुलेन्स मार्फत बिरामीलाई झापा लगिएको वडा नम्बर १ का स्वास्थ्य चौकी इन्चार्ज छवि निरौलाले जानकारी दिए । टाउकोमा समेत उनको गम्भीर चोट भएकी घाइतेको चुडिएको हात पनि साथमा लगिएको उनले बताए । नयाँ बुलन्दबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment