इलामकाे माईजोगमाईमा बँदेल आतंक : बाली जोगाउन रातभर जाग्राम


इलाम : हुल बाँधेर आउने बँदेलको समूहले जिल्लाको माईजोगमाई गाउँपालिकाका किसानलाई हैरानी बनाएको छ । रातको समयमा बँदेलको समूहले किसानले लगाएको नगदेबाली आलु खाएर नास पारिदिने गरेका छन् ।
हुलका–हुल आएर जंगली बँदेलले आलु खाने गरेका स्थानीय किसानहरुले बताएका छन् । माोगमाई–६ प्याङका स्थानीय किसान दिनेस केसीले बँदेलले बाली नोक्सान गरी सखाप पारेको बताए । आफूले लगाएको बाली नष्ट पार्न थालेपछि किसानहरु बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् ।
रातको समयमा आउने जंगली बँदेलले नोक्सान गर्न थालेपछि बाली जेगाउनकै लागि किसानहरु कठ्याङ्ग्रिने जाडोमा समेत बारीमा नै रात बिताउन बाध्य भएका हुन् । ‘रातमा १०/१२ वटाको समूहमा बँदेल आएर बाली नष्ट गर्ने गरेको छ’ स्थानीय किसान केसीले नयाँ बुलन्दसँग भने, ‘यस्तो जाडोमा समेत घरमा बास छैन । बँदेल धपाउनकै लागि समूह बनाएर रातभर बारीमा नै जाग्राम बस्नुपरिरहेको छ ।’


पछिल्लो समय रातभर जाग्राम बसेर जंगली बँदेल धपाउन बाहेक बाली जोगाउन किसानको अन्य विकल्प छैन । प्याङको तल्लो क्षेत्रका दर्जनौं किसानले लगाएको आलु बँदेलले सखाप पार्न थालेपछि उनीहरु बारीमा नै जाग्राम बस्न बाध्य भएका हुन् ।
माईजोगमाई गाउँपालिकाका अधिकांश किसानहरु नगदेबालीको रुपमा आलु खेती गर्ने गरेका छन् । तर, जंगली जनावरबाट जोगाउन उनीहरुका लागि मुख्य चुनौती बनेको छ ।
पछिल्लो समय चितुवा, बँदेलजस्ता जंगली जनावरका कारण विगविगी बढ्न थालेपछि किसानहरु नियमित घाँस दाउराको लागि जंगल जान समेत त्रसित हुन थालेका छन् ।
प्रशासनले घरेलुु बन्दुक नियन्त्रणमा लिएपछि अवैध चोरी शिकार गर्ने क्रम नियन्त्रणमा आएकाले जंगली जनावरको विगविगी बढ्न थालेको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment