आफ्नै पुर्व पत्नीले बलात्कारको आरोप लगाएपछि – सम्पत्तिको लोभमा धरानमा भएको अनौठो घटना



इटहरीः सम्पत्तिको लोभमा मान्छेले के के सम्म गर्न सक्छ भन्ने घटनाको उदाहरण पछिल्लो समय धरानमा देखिएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर १५ मा भएको यो घटनालाई हेरेपछि कसैलाई फिल्मि शैलीको भान हुन्छ त कसैलाई महिलाले चाहे पुरुषलाई विना अपराध के सम् मगर्न सक्छन् भन्ने पनि प्रमाणित हुन्छ । यस्तै भयो धरान उपमहानगरपालिका वडा नं १५ का भोजराज थापा (फडिन्द्र) विरुद्ध पनि ।
फडिन्द्रलाई आफ्नै पुर्व पत्नीले गएको कार्तिक ९ गते बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरिन्, र उनलाई पक्राउ गराइन् ।
प्रहरीले घटनाको मुचुल्का सहित सुनसरी जिल्ला अदालतमा सोही बमोजिमको उजुरी दर्ता गरायो र सुनसरी जिल्ला अदालतले मंसिर ७ गते उनलाई पुर्पक्षयको लागि थुनामा पठाउने आदेश दियो ।


आफुले गल्ती नगरेकोले फडिन्द्र जिल्ला अदालतको यो आदेशविरुद्ध उच्च अदालत विराटनगर गए । उच्च अदालतले थापाले जर्बजस्ती करणी गरेको विश्वास गर्न सकिने मनासिव आधार नदेखिएको ठहर गर्दै जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश माघ २० गते वदर गरिदिएको छ ।
उच्च अदालतले जिल्लाको आदेश वदर गरेपछि थुनामुक्त भएका थापाले सोमबार पत्रकार सम्मेलन गर्दै आफु्लाई पुर्व पत्नीले पैसाको लोभमा फसाँउन खोजेको बताएका छन् ।
उच्च अदालतले गरेको फैसलामा अधिकार प्राप्त अधिकारी समक्ष आरोपितले कसुरमा इन्कार भई वयान गरेको र जाहेरी दस्तखतमा जर्बजस्ती करणी गर्ने उद्योग गरेको भन्ने उल्लेख गरेको उच्च अदालतको आदेशमा उल्लेख छ । यस्तै, घटना पछि घटनास्थलमा पुगेका मुरारी सुवेदी र अम्बरबहादुर तामाङलाई जाहेरवाला पीडित भनिएकी महिलाले आफुलाई जर्बजस्ती करणी गरेको भन्ने उल्लेख नगरेको भनेर उनीहरुले गरेको कागजलाई उच्च अदालतले आधार मानेको फैसला गरेको छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतबाट पनि प्रतिवादीले अभियोग दाबी वमोजिम जर्बजस्ती करणीगरेको विश्वास गर्न सकिने मनासिव आधार नदेखिएको उच्च अदालतको आदेशले भनेको छ । अदालतको आदेशबाट रिहा भएलगत्तै थापाले आफुलाई सम्पत्तिको लोभमा योजनावद्धरुपमा फसाइको बताएका छन् ।
  उच्च अदालतको आदेश माघ २० गते आएलगत्तै थुनामुक्त भएका थापाले सोमबार धरानस्थित नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । थापाले अदालतबाट अंशवण्डा भएको र धरान उपमहानगरपालिका वडा नम्बर १५मा रहेको थापाको घर छोड्नुपर्ने भएपछि आफ्नी पुर्वश्रीमतिले जर्बजस्ती बलात्कार गरेको भन्ने आरोप लगाएर सम्पत्ती हडप्ने योजान अनुसार आफुलाई फसाउन खोजेको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्नै थापाले पुर्वपत्नीले आफुलाई कुटपिटगर्ने र उनको काका पर्ने विराटनगरका पत्रकारले गालीगलौज गरिरहने गरेको समेत बताए । घरमा हिंसामा पर्न थालेपछि थापाले असोज २१ गते पुर्वपत्नीविरुद्ध घरेलु हिंसा मुद्दा दर्ता गरेका थिए ।
श्रीमतिसँग सम्बन्ध विच्छेद र अंश मुद्दामा असोज २० गते मिलापत्र भएको भएपनि धरान १५ मा १ कट्ठा १ धुर जग्गा र त्यसमा बनेको घर बैंकको ऋण चुक्ता गरि अंश थापाले पाउने सहमति भएको थियो भने मिलापत्र मुताविकनै उनकी पुर्व पत्नीले मसिर १५ गते घर छोडीदिने सहमति समेत भएको थियो ।
थापाकी पुर्व पत्नीले सहमति भएको १९ दिनमै आफ्नी बहिनीलगायको मिलेमत्तोमा योजनावद्धरुपाम आफुलाई जर्बजस्ती करणीमा फसाएको दावी थापाले गरेका छन् ।
थापा त्यही बलात्कारको मुद्धामा साँढे ३ महिना जेल बसेर अहिले सादा तारेखमा छुटेका छन् । थापाका अनुसार उनकी पुर्व पत्नी बसेको घर ऋण तिर्ने गरी थापाको हुने अदालतको फैसला छ तथापि पत्नीले घर नछोडेको उनले बताएका छन् ।
थापाका अनुसार पुर्वपत्नीलाई भेडेटारमा भएको घर घडेरी, बराहक्षेत्रमा भएको १ कट्ठा घडरी, खाना खानको लागि बराहक्षेत्र चक्रघट्टीको १३ कट्ठा खेती परेको छ । सबैका लागि अंशवण्डा भएको र छोरा छोरीलाई पनि अंश दिएको तर धरान १५ को घर, खेतीका लोभमा आफुलाई झुटो मुद्दामा फसाएर अन्याय गरेको थापाले बताएका छन् ।
  पिडित देखिएका थापाले बताएअनुसार कार्तिक ९ गते नाबालक छोराको नाममा चक्रघट्टीमा रहेको ११ कट्ठा जग्गा पास गर्नुपर्ने भएकोले जन्मदर्ता लिन धरान १५ को घर गएका थिए । आफु नावालक छोरोको संरक्षक भएका कारण जन्मदर्ता लिन घरमा पुगेपछि छोरालाई बोलाएको तर छोरा स्कुल गएको कारण पुर्वपत्नी को हो ? नै माथि नै आउनु भनेपछि आफु सिढीको चेनगेटमा उभिएको बेला पुर्वपत्नी, उनकी बहिनी, छोरा, छोरीले जर्बजस्ती तानेर लडाएको र आफनो हातमा भएको सुनको ब्रासलेट, आइफोनलगायतका सामान समेत खोसेको बताएका छन् ।
लुटिएपछि गुहार गुहार भन्दै चिच्याउदा छिमेकी अमर तामांग र मुरारी सुवेदी आएर छुट्याएको पनि थापाले बताए । ती दुवैले सही, सत्य वयान दिएपछि आफु उच्च अदालतबाट छुटेको पनि उनले बताए । लुटिएको समान फिर्ताको लागि प्रहरीलई पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको र जाहेरी पनि नलिएको थापाको गुनासो छ । पुर्वपत्नीको काका पत्रकार भएको र उसले आफु जेलमा हुदा पनि घर र खेत नदिए जेलमा नै कुहाई दिने धम्की दिएको पनि थापाले बताएका छन् । 
प्रदेश पाेर्टलबाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment