चीनमाथी अमेरिकी नजर, चिनियाँ सेनाको 'इन्टेलिजेन्स रिपोर्ट' का लागि तयारी थालियो !


कुनै समयको दुई घनिष्ट मित्रराष्ट्र अमेरिका र चीन अहिले एक अर्काको सिधा टक्करमा देखिएको छ । भारतको बिरुद्धमा चीनलाई तयार गर्ने नीति अमेरिका कै थियो । अहिले चीनको शक्तिशाली प्रभाव बाट आफै असुरक्षित महसूस भैरहदा उसले अनेकन बहानामा भारत संग नजिकिने प्रयत्न गर्दै छ ।


 सर्वश्रेष्ठ शक्तिशाली राष्ट्रको पहिचान गुमाउने डरले त्रसित अमेरिका जहिल्यै पनि चेक एण्ड बैलेन्स को आधारमा शासन गर्ने प्रयत्नशील रहन्छ । बिगतमा चीनले अनेकन मानवता बिरोधी कामहरु गरेका छन । भारतले त्यतिवेला खबरदारी गरिरहदा उ चीनीया पक्षमा मजबूतीले उभिन्थ्यो । जसको परिणाम आज उ भोग्न बाध्य भएको छ ।


अमेरिकाले चीनको सैन्य शक्तिको बारेमा अध्ययन गर्ने योजनालाई अगाडि बढाएको छ। पछिल्लो समय चीनसँगको सम्बन्ध खराब अवस्थामा पुगिरहेको अवस्थामा सैन्य तयारीका लागि अमेरिकाले चिनियाँ सेनाको कमी कमजोरी र सामर्थ्यको बारेमा अध्ययन गर्न लागेको समाचार बाहिरिएको हो ।

पछिल्लो समय ताइवानको विषयलाई लिएर दुई देशबिच कुटनीतिक टकराव बढ्दै गएको छ। चिनियाँ जनमुक्ति सेनाका लडाकु विमानहरु ताइवानको आकाशमा प्रवेश गर्दै आएका छन्। अमेरिकाले यसको विरोध गर्दै आइरहेको छ।

यसबिच सोमवारमात्र अमेरिकी विदेश मन्त्री एन्टोनियो ब्लिङ्कनले चीनका पछिल्ला गतिविधिहरु उक्साहटपूर्ण रहेको भन्दै यस्ता गतिविधिले दुवै देशको सम्बन्ध थप जटिल बन्ने टिप्पणी गरेका छन्।

उनले चीनका यस्ता गतिविधि नरोके अमेरिकी सरकारको पहलमा संसदबाटै कडा कदम चालिने चेतावनी पनि दिएका छन्।

अमेरिकी संसदको युएस-चाइना इकोनोमिक एण्ड सेक्युरिटी कमिसन (युएससीसी)ले चिनियाँ जनमुक्ति सेनाको जनसांख्यिक (डेमोग्राफिक) अध्ययनका लागि टेन्टर प्रस्ताव नै आह्वान गरेको छ।

अमेरिका चीन बिचको आर्थिक तथा सुरक्षा सम्बन्धका विषयमा वार्षिक रुपमा  प्रतिवेदन सार्वजनिक गर्दै आएको अमेरिकी संसदको आयोगले चिनियाँ सेनाको सामर्थ्य, सेनामा भर्ना हुनेको जनसांख्यिक विवरण, पीएलएका जवानको क्षमताका विषयमा अध्ययन गर्नका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै टेन्डर प्रस्ताव आह्वान गरेको हो।
अमेरिकी संसदको क्षेत्राधिकारभित्र रहेर अध्ययन गर्नुपर्ने छ। सन २००२ को अक्टोवरमा संसदीय अधिकारसहित चीन सँगको सम्बन्धमा आधारित रहेर राष्ट्रिय सुरक्षा, द्वीपक्षीय व्यापारको अनुगमन, अनुसन्धान गरी वार्षिक प्रतिवेदन संसदलाई बुझाउने गरी आयोग गठन गरिएको थियो।
पीएलएको सैन्य योजना, रणनीति र सिद्धान्तहरु, संगठन र संरचान, पीएलएको निर्णय प्रक्रिया, चिनियाँ जनता र पीएलएबिचको जनसम्बन्ध, पीएलए अधिकारीहरुको विकास वृद्धि तथा बढुवा, परिचालन, स्रोतको उपलब्धता, फौजको आधुनिकीकरणको उद्देश्य, ट्रेन्ड, यसको अमेरिकी राष्ट्रिय सुरक्षामा पार्ने प्रभावका बारेमा अध्ययन केन्द्रित हुने बताईएको छ।
अमेरिकाको प्रस्तावित अध्ययन टेन्डरले पीएलए विरुद्ध गुप्तचरहरुको भर्ती गर्नेमा केन्द्रित रहेको चिनियाँ सैन्य विश्लेषकहरुले बताएको एक  चाइनिज मिडियाले लेखेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment