पबित्रहाङमा कप : जनता सेभेन इलाम सेमिफाइनलमा प्रबेश



इलाम माघ २८। इलामको माङसेबुङमा जारी १२ औ संस्करणको पबित्रहाङमा कप खेलकुद प्रतियोगितामा जनता सेभेन स्र्पोटिङ क्लब सूर्योदय नगरपालिका इलाम सेमीफाइनल प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेलमैदानमा शुक्रबार सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै जनता सेभेन सेमिफाइनलमा प्रबेश गरेको हो ।

जनता सेभेनलाई जित दिलाउन जेनीफर राना मगरले निर्णायक गोल गरिन् । जेनीफरले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरेकी हुन् । फाइनल प्रवेशका लागि अब जनता सेभेनले माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति इलामसँग प्रतिस्पर्धा गर्नेछ ।
माङसेबुङले उद्धघाटन खेलमा सिरिजंगा स्र्पोटिङ क्लब पथरी शनिश्चरे मोरङलाई ४–० ले हराउँदै सेमीफाइनल स्थान बनाएको थियो । आजको खेलको वुमन अफ दी म्याच जनता सेभेनकी जेनीफर राना मगर घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
अाज अन्तिम क्वाटरफाइनल खेलमा केराबारी गाउँपालिका खेलकुद समिति मोरङ र पञ्चकन्या एफ.सी. उदयपुर बीच खेल हुनेछ । केराबारी यसअघि रोयल स्र्पोटिङ क्लब दमकलाई टाइब्रेकरमा हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो । उदयपुर बाइ पाउँदै क्वाटरफाइनल पुगेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment