इलाम, २९ माघः झापाको एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका १४ दुहागढीमा रहेको मगमग चाउचाउ कारखानामा आज विहान करिब ४ः३० बजेदेखि आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका दर्जनबढी दमकल प्रयोग भइरहेको छ । आगलागी नियन्त्रणमा प्रयास जारी रहे पनि अझै सफल हुन नसकिरहेको जनाए ।
प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति नभए पनि आगो नियन्त्रणमा नआएको कारण क्षतिको विवरण आउन बाँकी रहेको छ ।
0 comments:
Post a Comment