धरान १४ बाट लागुऔषध सहित ४ जना पक्राउ


धरानः सुनसरीको धरान उप महानगरपालिका वडा नम्बर १४ बाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १४ का ३४ बर्षीय रमेश परियार, धरान १० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका ६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी रहेका छन ।

बिहिबार बिहान ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निजहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि र नाईट्रोसन २० ट्यावलेट सहित बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment