इलाम, ७ फाल्गुनः फिक्कल पशुपतिनगर सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका ३ तिनखुट्टे स्थित फिक्कल पशुपतिनगर सडक खण्डमा फिक्कलवाट पशुपतिनगर तर्फ आउँदै गरेको को १ ज ३५८९ नं. को वोलेरो गाडी र विपरित दिशा तर्फ जाँदै गरेको मे ११ प ८४९ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक सूर्योदय नगरपालिका १ वाङ्गिन वस्ने वर्ष २३ को सौगात राई र मोटरसाईकल पछाडी सवार सुर्योदय नगरपालिका १ वाङ्गिन वर्ष २६ की सम्झना राइ धाईते भई दुवै धाईतेलाई फिक्कल अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी बिर्तामोड झापा पठाईएकोमा मोटरसाईकल चालकको उपचारको क्रममा शनिबार विहान मृत्यू भएको छ । दुवै सवारी साधन र वोलेरो चालक प्रहरीको नियन्त्रणमा रहको जिल्ला प्रहरी कार्यालय इलामले जनकारी गराएको छ ।
महिलाको सोही अस्पतालमा उपचार भई रहेको छ उनको अवस्था सामान्य रहेको छ ।
0 comments:
Post a Comment