इलामकाे माइजोगमाईमा बाख्रावस्तुलाई निःशुल्क पिपिआर तथा एफएमडि खोप


इलाम, २५ माघः पशुपंक्षी तथा मत्स्य विकाश शाखा माइजोगमाई गाउपालिकाको आयोजना एवम् सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाको प्राविधिक सहयोगमा माइजोगमाईका पशुपालन गर्ने कृषकहरुका बाख्रावस्तुलाई पिपिआर भ्याक्सिन खोप निशुल्क लगाइएको छ । 

हरेक वाख्रापालन गर्ने व्यक्तिका लागि वाख्रालाई दिइने विभिन्न खोपको जानकारी हुनु अति नै महत्वपूर्ण हुन्छ । पिपिआर वाख्रावस्तुमा देखिने एक प्रकारको जटिल विराम हो र यो हैजाको रुपमा पनि फैलिने हुन्छ जसले अन्य स्वस्थ वाख्रामा पनि संक्रमण फैलाउन सक्छ तसर्थ माइजोगमाई गाउपालिका सगको सहकार्यमा सहारा नेपाल साकोसको प्राविधिक सहयोगमा नेपाल सरकारले ल्याएको उक्त कार्यक्रममा स्थानीय गाउँपालिकामा प्राप्त खोपलाई स्थानीय माइजोगमाइ गाउपालिकाको वडा नं. ४ मा वाख्रापालन गरिरहेका कृषकहरुका करिब २०० वटा वाख्रामा निशुल्क पिपिआर भ्याक्सिन लगाइएको सहारा नेपाल साकोस इलाम अनुगमन अधिकृत तोयानाथ आचार्यले बताउनुभयो ।

वाख्रामा देखिने उक्त रोगको मृत्युदर पनि वढि हुने हुदा कृषकलाई हुने ठूलो क्षतिको न्युनिकरण हुन सक्ने र यस गाउपालिकामा रहने कृषकहरुका लागि व्यवस्थित पशुपालनद््वारा लाभ हुने प्रकृतीका अन्य थप कार्यक्रमहरु समेत आगामि दिनमा ल्याइने कुरा माइजोमाई गाउपालिका पशु शाखा प्रमुख सुमन देवानले बताउनुभयो।

बाख्रामा पहिले ज्वरो आउने शरिरको तापक्रम १०४ देखि वृद्धि हुदै जाने मुखबाट नाकबाट पानि आउने निमोनिया हुने पिपिआरका लक्षणहरु हुन् ।यस्ता संक्रमण बाट जोगाउनका लागि यो पिपिआर भ्याक्सिन लगाउने गरिन्छ । एउटा बाख्राका लागि १एमएल को मात्रा कम्तिमा पनि ४ महिना भन्दा माथिको उमेर भएका वाख्राहरु लाई यो खोप दिन उपयुक्त हुने र एकपटक दिएपछि ३ वर्षसम्म यो खोपले काम गर्ने, त्यस्तै एफएमडि भ्याक्सिन विशेष गरेर खुरफट्टा जनावर जस्तै गाई,भैसि,भेडा वाख्रा आदिमा देखापर्ने हुन्छ यो पनि एक प्रकारको भाइरल रोग नै रहेको हुनाले यो खोप वाख्रालाई पनि दिनु उपयुक्त हुन्छ । 

वाख्राको शरिरमा हुने तापक्रम १०३.५ लाई सामान्य नै मानिन्छ तर थोरै दशमलव ५ मात्र पनि तापक्रम बढेर १०४ भएमा यो संवेदनशील असामान्य समस्या नै मानिन्छ यस समस्या  बाट वाख्रालाई बचाउन सकिने वाख्रा वस्तुलाई खोप लगाउने कार्य गरिरहनुभएका सहारा नेपाल साकोसका पशु प्राविधिक निरोज लुईटेलले बताउनुभयो ।

खाेप कार्यक्रमले माइजाेगमाइका कृषकलाइ लाभ भएकाे सहारा नेपाल साकोस इलामका शाखा प्रमुख  केपी लुइटेलले बताउँनुभयाे ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment