पर्सा : मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ



पर्सा । पर्सा प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लास्थित परवानीपुर गाँउपालिका–५ बहुअरी बस्ने २० वर्षीय साहिल पटेल रहेका छन् ।
वीरगञ्ज महानगरपालिका–१५ ओम होटल एण्ड पार्टी प्यालेश अगाडि पार्किङ्ग गरी राखेको अवस्थामा ना ६३ प ९२७४ नम्बरको कालो रंगको १५० सीसीको पल्सर मोटरसाइकल पटेलले लक तोडेर भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका पटेलललाई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment