सरस्वती माताको मूर्तिहरु बिक्रीमा कमी आउदा मूर्तिकारहरु चिन्तित



वीरगञ्ज २१ माघ। पर्सामा सरस्वती पूजाका लागि बनाईएको मूर्तिहरु बिक्रीमा कमी भएपछि मूर्तिकारहरु चिन्तित भएका छन् ।

तराई क्षेत्रका साथै देशैभरी धुमधामका साथ मनाईने सरस्वती पूजा विगत २ वर्षदेखि कोरोना तथा लकडाउनका कारण मूर्ति बिक्रमा पनि कमी आएको छ ।
विषेश गरि विश्वकर्मा पूजा, दुर्गा पूजा, गणेश चर्तुथीलगायतका विभिन्न पूजा तथा महोत्सवहरुमा माटोले बनोको मूर्तिहरुको पूजा गर्ने गरिन्छ ।


पर्साको १४ स्थानीय तहरुका दुई दर्जन भन्दा बढि स्थानमा मूर्तिकारहरु मूर्ति बनाउनमा व्यवस्त छन् । तर उनीहरुले बनाएको मूर्तिहरु बिक्र्री हुन्छ कि हुदैन भनेर चिन्तित छन् ।
विगतमा एक मूर्तिकार १५० वटासम्म मूर्ति बिक्री गर्दै आएका हालभने ३० देखि ४० वटा मूर्तिहरु मात्रै बिक्री हुने गरेको उनीहरुले गुनासो गरेका छन् ।


सरस्वती पूजाको दिन विषेश गरि विद्यार्थीहरुले विद्यालयमा मूर्तिको स्थापनामा गरि भव्यताका साथ मनाउने गर्छन । तर पछिल्लो समय, कोरोना महामारी तथा लकडाउनका कारण विद्यालयहरु बन्द भएपछि मर्ति बिक्रीमा कमी आएको मूर्तिकारहरुले गुनासो गरेका छन् ।


विगतका दिनहरुमा हराजौ रुपैयामा मूर्तिहरु बिक्री हुने गरेकोमा लकडाउनका कारण ५०० रुपैयाको मूर्तिहरु बिक्री हुने गरेको मुर्तिकारले बताए ।
मूर्ति बनाउन चाहिने कच्चा पर्दाथ जस्तै माटो, पराल र पेन्ट लगाएर मेहनतका साथ तयार गरेको तर मेहेनत अनुसारको मूल्यमा बिक्री नहुँदा व्यापार घाटा भइरहेको मूर्तिकारहरुको भनाइ छ ।


मूर्ति बनाउन चाहिने माटो प्रति ट्याक्टर ३ हजारको दरले टाढाटाढा ल्याउनुपरेको र त्यसमा पनि ५ सय देखि १५ सय सम्ममा मात्रै बिक्री हुने गरेको बताए ।
मूर्तिकारहरुले मूर्ति ब्रिकीमा घाटा लागेपनि पुर्खयौली व्यवसायलाई निरन्तरता दिनुपर्ने आफूहरुको बाध्यता रहेको बताए ।
लकडाउनका कारण मात्रै नभई विभिन्न निजी तथा सामुदायीक विधालयहरुले मार्बल तथा पत्थरको मूर्तिहरुको स्थायी स्थापनाको कारण पनि माटोको मूर्तिको माग पर्सामा घट्दै गएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment