गाडिएको अवस्थामा एक पुरुषको शव फेला


काठमाडौं २० माघ। प्रहरीले ललितपुरको ठेचोमा गाडिएको अवस्थामा एक पुरुषको शव फेला पारेको छ । प्रहरी स्रोतका अनुसार महानगरीय प्रहरी महाशाखाको टोली गाडिएको अवस्थामा रहेको शवलाई उत्खनन गरिरहेको छ ।

योसँगै मोरङको धनपालथाल–७ स्थित उखुबारीमा घटेको घटनामा ट्वीस्ट आएको छ । मोरङको उखुबारी घटनामा शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनले मोहनप्रसाद लिम्बु नाम गरिएको व्यक्तिको शव ललितपुरको ठेचोमा गाडिएको बयान दिएका थिए ।
प्रहरीका अनुसार उनको सोही बयानका आधारमा शव उत्खनन भइरहेको बताइएको  केही दिन अगाडि मात्रै मोरङको धनपालथान–७ स्थित उखुबारीमा दुई दिनमा दुई वटा शव गाडिएको अवस्थामा फेला पारिएकाे थियो ।
प्रहरीका अनुसार मृतकमध्ये सप्तरीको शम्भुनाथ नगरपालिका–४ का वर्ष ३२ का शम्भू चौधरी र सुनसरीको धरान–३ का वर्ष ४९ का राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment