टि-२० विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल


काठमाडौं । आइईसीसी टि-२० विश्कप अन्तर्गत ग्लोबल छनोट खेल आजदेखि सुरु हुँदैछ । समूह बी अन्तर्गत आज नेपालले पहिलो खेल घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार माध्यान्न ११ः ४५ मा हुने छ ।
दोस्रो पटक आईसीसी टि-२० विश्वकप खेल्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिने छ । ग्लोबल क्वालिफायरबाट शीर्ष दुईभित्र परेर नेपाल आउँदो अक्टोबरमा अष्ट्रेलियामा हुने टि-२० विश्वकमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।
नेपाल, ओमानम, क्यानडा र फिलिपिन्स समूहमा बीमा रहेका छन् भने आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् ।
हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्न पाउने छन् ।
यसअघि चारदेशीय सिरिज खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment