आयोगका पदाधिकारीसँग स्थानीय चुनावको मितिबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाए बैठक


काठमाडौं १८ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह चुनावको मितिबारे छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीहरूलाई बैठकमा बोलाएका छन्।
प्रधानमन्त्री देउवाले आज अपरान्ह ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको प्रधानमन्त्री देउवाको सचिवालय जनाएको छ ।
३ बजे बस्ने बैठकले स्थानीय तहको चुनाव तय गर्नेछ । यसअघि आयोगले भने जेठ ५ भित्र स्थानीय चुनाव गरिनुपर्ने भनिसकेको छ ।
सत्तारूढ गठबन्धनले पनि आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरिसकेको छ । स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आगामी जेठ ५ मा सकिँदैछ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment