इलाम, ७ फाल्गुनः जर्सिज ओभरसिज एड तथा ह्याबिटाट फर ह्युमिनिटि नेपाल को आर्थिक सहयोग एवम् सहारा नेपाल साकोसको आयोजनामा मोरङको कृषि विकाश बैङ्कको तालिम केन्द्र लेटाङमा फाल्गुण ६ देखि ७ गतेसम्म दुई दिवसिय शाखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
सहारा नेपाल साकोसका झापा, मोरङ, इलाम, सुनसरी, पाचथर र उदयपुर जिल्लामा रहेका अनुगमन कार्यालय अन्तर्गतका विभिन्न सेवाकेन्द्रमा कार्यरत ३० जना सेवाकेन्द्र प्रमुखहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन सहारा नेपाल साकोस केन्द्रिय कार्यालय तालिम अधिकृत मातृका सुवेदिले गर्नुभएको थियो ।
सेवा केन्द्रको सञ्चालनमा र गुणस्तरिय सेवा प्रवाह गर्न आवश्यक विभिन्न पक्षहरुमा आफ्ना सेवाकेन्द्रमा आउने सदस्यहरु लाई गर्नुपर्ने व्यवहार आचरण,वर्तमान मौद्रिक तरलताको समस्या,नगद कारोवार गर्ने संस्थाका कर्मचारीहरुमा हुनुपर्ने आवश्यक सिप, ज्ञान, चेक(भुक्तानी भर्पाइ)का प्रकार तथा प्रयोगको अवस्था,सरकारको निति तथा उक्त विषयमा रहेका कानुन,सम्पत्ति शुद्धिकरण लगायत आर्थिक कारोवार गर्ने बैङ्क तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुले जान्नैपर्ने र बुझ्नैपर्ने नेपाल सरकारले लागू गरेका कानुन,व्यवस्थित फायलिङ आदि विषयमा सिभिल बैङ्क का प्रदेश नं. १ प्रमुख राजेश ढकाल ले २ दिनसम्म सहजिकरण गर्नुभएको थियो ।
सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गर्दे समापन सत्रमा बोल्दै प्रोजेक्टका अनुगमन तथा मूल्याङ्कन अधिकृत किसन गौतमले तालिमबाट प्राप्त ज्ञान, सिपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रुपमा कार्यान्वयन गरि तालिमलाई उद्देश्यमूलक बनाउन सहभागिहरुको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
ह्रयाबिटाट फर ह्युमिनिटि नेपालबा प्रदेश १ का व्यवस्थापक राम वहादुर श्रेष्ठले तालिमलाई आर्थिक सहयोग गरेको र त्यसको सार्थकता चाहि सहभागिहरुको कार्यान्वयनले देखाउने र आफूले पनि लामो समय संघसंस्थामा रहेर कार्य गर्दा आफूले तालिम लिएर आएको परिवर्तनको अनुभवबारे पनि जानकारी गराउदै आफू कार्यरत उक्त संस्थाको संक्षिप्त परिचय गरि आयोजकसगको सम्बन्धका बारेमा समेत बताउनुभयो ।
साथै तालिमले सहभागिहरु लाई ठूलो मद्दत समेत मिल्न सकोस भन्ने शुभेच्छा समेत राख्नुभएको थियो कार्यक्रममा सहभागिहरुका तर्फबाट सरिता गिरी,के.पी.लुईटेल,पदम सापकोटा,विवेक काफ्ले र महेन्द्र प्र. राजवंशीले प्रशिक्षकज्यूले प्रदान गर्नुभएको तालिमका विषयवस्तुहरु वास्तविक वर्तमान आवश्यकता र ‘समयसापेक्ष वित्तिय संघसंस्थामा कार्यरत कर्मचारीहरु लाई बोध हुनैपर्ने गरे कानुन बाट वचिन्छ नगरे कानुन लाग्छ भन्ने ज्ञान प्राप्त भईरहदा आफूले कार्य गर्ने संस्थामा गरिने दैनीक क्रियाकलापहरुमा काम साना तर असर ठूला भन्ने कुराप्रति सदैव सचेत भई हेर्दा सानो मात्र त्रुटि भएतापनि त्यसले पार्ने असरहरु गम्भिर हुनेहुदा आफ्नो प्रभावकारी कार्यसम्पादन तथा संस्थाको साखमा समेत वृद्धि गर्न तालिम कोशेढुङ्गा सावित हुनसक्ने धारणा राख्दै यस्ता प्रकृतिका कार्यक्रमहरु संस्थाले आयोजना गरि सहभागिता जनाउने अवसर उपलब्ध गराएकोमा धन्यवाद समेत ज्ञापन गरेका साहारा नेपाल सकोस इलाम सेवा केन्द्रका प्रमुख के.पि. लुइटेलले वताउँनुभयो ।
0 comments:
Post a Comment