इलाम, १ फागुनः भारतको बेङ्गलोरमा शनिबारबाट शुरुभएको इन्डियन प्रिमियर लिग(आइपिएल)को अक्सनमा नेपाली टीमका कप्तान सन्दिप लामिछाने पहिलो चरणको अक्सनमा बिक्री भएका छैनन ।
स्पीन बलर लामिछानेले अक्सनको लागि आफ्नो वेस्ट प्राइज ४० लाख भारु राखेका थिए तर उनलाई कुनै पनि टीमले खरिद गरेनन् । आइपिएलमा यो वर्ष १० वटा टिम रहेका छन् । अहिलेसम्मको अक्सनमा भारताका विकेट किपर व्याट्समेन इशान किशन सवै भन्दा धेरै मुल्यमा विक्रि भएका छन् । किशनलाई मुम्वै इन्डियन्सले १४ करोड २५ लाखमा खरिद गरेको छ उनको वेष्ट प्राइज २ करोड रहेको थियो ।
0 comments:
Post a Comment