इलामका साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन


काठमाडौँ, ३ फागुनः वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ । शर्माको ८७ वर्षको उमेरमा आज ९मंगलबार० बिहान घरमै निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

शर्मा पछिल्लो समय बिर्सने रोग डिमेन्सियाबाट ग्रसित थिए । शर्माको आजै अन्त्येष्टि गरिने जनाइएको छ । उनको पार्थिव शरीरलाई घरबाट सीधै पशुपतिस्थित आर्यघाट लैजाने कार्यक्रम रहेको बताइएको छ ।
इलामको फिक्कलमा (हाल सूर्योदय नगरपालिका ९) विसं १९९१ मा जन्मिएका शर्मा पछिल्लो समय सरस्वतीनगर, चाबहिलमा बस्दै आएका थिए । नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माको बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दालगायत कृति चर्चित छन् । उनले मौलिक कृति, अनुवाद र सम्पादन गरेर करिब दुई सय कृति लेखेको बताइन्छ । शर्माको पहिलो रचना विसं २००८ सालमा साथी साप्ताहिकमा प्रकाशित भएको थियो ।
विसं २०२६ सालको मदन पुरस्कार विजेता समेत रहेका शर्माले साझा पुरस्कार, रत्नश्री, महेन्द्र विद्याभूषण लगायतका सम्मान र पुरस्कार प्राप्त गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment